मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम #सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम
समाचार प्रदेश बागमती प्रदेश

भूकम्पीय सचेतना र सुरक्षाको महत्व आम समुदायसमक्ष पुर्‍याउनुपर्नेमा जोड

· बुधबार, ३ माघ, २०८१ मा प्रकाशित
भूकम्पीय सचेतना र सुरक्षाको महत्व आम समुदायसमक्ष पुर्‍याउनुपर्नेमा जोड
बागमती, माघ ३ :

बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले भूकम्पको सम्भावित क्षतिबारे आत्तिनु भन्दा सुरक्षात्मक उपाय अपनाउनुपर्ने बताएका छन्।

सत्ताइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०८१ का अवसरमा जारी शुभकामना सन्देशमा उनले भूकम्पीय सचेतना र सुरक्षाको महत्वलाई आम समुदायसमक्ष पुर्‍याउन आवश्यक रहेकोमा जोड दिएका छन् ।

उनले वि. सं १९९० माघ २ गतेको विनाशकारी भूकम्पको सम्झनामा मनाइने यो दिवसले नागरिकमा सचेतना अभिवृद्धि गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् । यस वर्षको दिवस ‘भूकम्पले सिकाएको पाठः बलिया संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने नारासहित मनाइँदैछ । 

सन्देशमा भूकम्प प्राकृतिक प्रकोप भएकाले यसलाई रोक्न नसकिने तर सुरक्षित संरचना, सावधानी र पूर्वतयारीका उपाय अपनाएर यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सकिने उल्लेख छ ।

“हामीले बलिया र सुरक्षित संरचना निर्माणमा ध्यान दिनुका साथै सम्भावित क्षतिलाई न्यून गर्न पूर्वसावधानी र प्रतिकार्यका उपाय अपनाउनुपर्छ”, सन्देशमा उल्लेख छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार