
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकाे तर्फबाट काठमाडौं जिल्ला अदालतमा बहस सुरु भएको ।
प्रतिवादी लामिछानेका तर्फबाट पूर्वमहान्यायाधिवक्ता सुशील पन्तले बहस थालेका छन्।न्यायाधीश माधवप्रसाद घिमिरेको इजलसामा पुस २९ गते सोमबारदेखि थुनछेक बहस जारी छ।
सरकारी वकिलको तर्फबाट बहस सकिए पनि लामिछानेका तर्फका वकिलको बहस बाँकी रहेको थियो । सुरुवाती बहस सरकारी वकिलहरुबाट भएको थियो । सरकारी वकिलहरू खडिन्द्रपराज पन्त, चन्द्रप्रसाद सञ्जेल, सन्तोषराज कटुवाल, राधिका सुवाल र बिना खड्का थापा लगायतले बहस गरेका छन्। सरकारी वकिलहरूले प्रतिवादी (रवि लामिछाने) लाई थुनामै राख्नुपर्ने जिकिर गरेका छन् ।
लामिछानेविरुद्द सहकारी ठगी, सम्पत्ति शुद्धिकरण लगायतका मुद्दा भएकोको हुँदा प्रतिवादीलाई अहिले नै थुनाबाहिर राख्दा प्रमाण नष्ट हुने सरकारी वकिलहरुको तर्क थियो। सरकारी वकिलहरुले कास्की जिल्ला अदालतको आदेशलाई पनि ख्याल गर्दै थुनाबाट छाड्न नहुनेमा जोड दिएका छन् ।
गत पुस २८ गते रवि आफैँ अदालतमा उपस्थित भएर बयान दिएका थिए ।सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरी हिरासतमा रहेका लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा हिरासतमुक्त भएका थिए ।