
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा आजै आदेश आउने भएको छ । सरकारी र लामिछाने पक्षका वकिलहरूले बहस सकिएसँगै यो मुद्दामा आदेश आउने भएको हो ।
आज (बुधबार) लामिछानेको तर्फबाट वकिलहरूले बहस गरेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा भइरहेको बहसमा रविको पक्षमा वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र रमण श्रेष्ठले र अधिवक्ता सुरज बस्नेतले बहस गरेका छन् । यसपछि सरकारी वकिलले जवाफी बहस गर्ने जनाइएको छ।
लामिछाने पक्षका वकिलहरूले भने बोलाएको बेला हाजिर हुने गरी लामिछानेलाई छाड्न माग गरेका छन्।तर, रविविरुद्ध बहस गरेका वकिलहरूले भने प्रमाण नष्ट हुनसक्ने भन्दै उनलाई थुनामै राख्नुपर्ने तर्क गरेका छन् ।
पहिले सरकारी वकिलहरु र सहकारी पीडितका तर्फका वकिलहरूले बहस गरेका थिए । आज लामिछाने पक्षका वकिलहरूले बहस गरेका हुन्।उक्त मुद्दामा सोमबार सरकारी वकिल कार्यालयका तर्फबाट ११ जनाले बहस गरेका थिए ।
जिल्ला अदालत कास्कीको आदेशपछि धरौटीमा रिहा भएका लामिछाने गत आइतबार आफैं अदालतमा उपस्थित भएका थिए ।
काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ।
र याे पनि…