शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

सरकारले ८० प्रतिशत नागरिकलाई दूषित पानी खुवाएको छ : राष्ट्रिय सभा अध्यक्ष दाहाल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३ माघ, २०८१ मा प्रकाशित
सरकारले ८० प्रतिशत नागरिकलाई दूषित पानी खुवाएको छ : राष्ट्रिय सभा अध्यक्ष दाहाल
काठमाडौं, माघ ३ :

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकारले नागरिकलाई दूषित पानी खुवाउने गरेको आरोप लगाएका छन् ।

सिंहदरबारमा बुधबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनले यस्तो आरोप लगाए । उनले सरकारले पानी खुवाएको तर खुवाएकोमध्ये ८० प्रतिशत जनतालाई दूषित पानी खुवाएको दाबी गरे । ‘हामीले पानी त खुवायौं तर दूषित पानी खुवाइरहेका छौं । यो त गम्भीर विषय भयो नि । बरु नखुवाउँदै ठीक हुन्छ नि । खानेपानी हामीले ९० प्रतिशतभन्दा माथि जनसंख्यालाई खुवायौं भनेका छौँ । तर करिब त्योमध्येको ८० प्रतिशत जनतालाई त दूषित पानी खुवाएका छौँ । जिउँदै मार्ने टाइपको । यो विषय कति गम्भीर छ,’ उनले भने ।

उनले नागरिकमाथिको यस्तो व्यवहार सरकारले गर्नु नहुने पनि बताए । उनले शिक्षामा पनि विद्यार्थीलाई दिवा खाजाको प्रलोभन देखाएर भर्ना गर्ने तर शिक्षाको गुणस्तर सुधार गर्नेतर्फ अघि नबढेको बताए । उनले तथ्यांकमा अब्बल देखाउन मात्रै गरिएको कामले प्रतिफल नदिने बताए ।

‘शिक्षाको बारेमा जनतालाई ललिपप देखाएर आफूतिर आकर्षित गरेजस्तो गरेर स्कुलमा धेरै भर्ना गर्नको निम्ति खाजाको व्यवस्था गरिएको हुन्छ । त्यही पनि त्यसको गुणस्तर त आफ्नो ठाउँमा छ । किन १० लाख १५ लाख विद्यार्थी सुरुमा हुन्छ, अन्तिममा पुग्दा माध्यामिक विद्यालयसम्म पुग्दा ५ लाख पनि हामी बुझाउन धौ-धौ । हामी डाटामा आफूलाई अब्बल देखाउन खाजा भन्ने वस्तु देखाउँछौं र भर्नातिर ल्याउँछौँ । क्वान्टिटीमा बढी ध्यान दिने तर क्वालिटीमा छैन,’ अध्यक्ष दाहलले भने ।

अध्यक्ष दाहालले कति सडक, बिल्डिङ र उद्योग बने भन्ने कुराले मात्रै नेपाली जनताको मापन गर्ने नभई नेपाली जनताको जीवनस्तरमा कति प्रगति भयो भन्नेबारे मापन गर्न जरुरी रहेको बताए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार