बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

मन्त्रीहरुलाई देउवाको निर्देशन : साताको दुई दिन कार्यकर्ता र नागरिकका गुनासो सुन्नू

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ४ माघ, २०८१ मा प्रकाशित
मन्त्रीहरुलाई देउवाको निर्देशन : साताको दुई दिन कार्यकर्ता र नागरिकका गुनासो सुन्नू
काठमाडौं, माघ ४ :

नेपाली का‌ंग्रेसले आफ्ना मन्त्रीहरुलाई दुई दिन पार्टीका नेता,कार्यकर्ताहरुसँग पार्टी कार्यालयमा नै भेटेर जनताका आवाज सुन्न र बाँकी ५ दिन मन्त्रालयको काममा लाग्न पनि निर्देशन दिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज(बिहीबार) भएको छलफलमा यस्तो निर्देशन भएको हो ।  सांसदहरुको चासो, सुझाव र अपेक्षालाई छलफलमार्फत संसदीय दल कार्यसमिति र मन्त्रालयहरुले समन्वय गर्ने निर्णय भएको पनि प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए ।

पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहहरुमार्फत पार्टी केन्द्रिय कार्यालयमा आउने गरेका नागरिकका सुझाव र मागहरुका सम्बन्धमा महिनामा एक पटक पार्टी केन्द्रिय कार्यालयमा छलफल गर्ने निर्णय भएको उनले बताए ।

उनले भने,आलोपालो सिस्टमबाट सातामा दुई दिन पार्टीमा गएर मन्त्रीहरुले कार्यकताहरुसँग भेट्ने नागरिकको गुनासो सुन्ने र बाँकी पाँच दिन मन्त्रालयको काममा केन्द्रित हुन सभापतिबाट निर्देशन भएको छ ।

पार्टी केन्द्रिय कार्यालयमा आउने गरेका नागरिकका सुझाव र मागहरुका सम्बन्धमा महिनामा एक पटक पार्टी केन्द्रिय कार्यालयमा छलफल गर्ने गर्ने निर्णय भएको पनि उनले बताए ।प्रमुख सचेतक घिमिरेले  केही आर्थिक सुधारका पक्षमा र सुशासनका पक्षमा तत्काल अध्यादेश ल्याएर सम्बोधन नगरे समय प्रक्रिया लम्बिने र सरकारले केही गर्न नसकेको भन्ने सन्देश जनतामा प्रवाह हुने भएकाले अध्यादेश ल्याइएको बताए । उनले वर्तमान गठबन्धनले संसदको पूरा अवधि धान्ने दाबी गरे ।

छलफलमा मन्त्रीहरुले आ-आफ्नो मन्त्रालयको कार्य प्रगति विवरणबारे जानकारी गराएका थिए । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा बसेर काम गर्दाको सफ्ट्यारा र अप्ठयारा परिस्थितिका बारेमा समेत उनीहरुले जानकारी गराएका थिए । केही मन्त्रीहरुले भने बजेटको अभावले सोचे अनुरुपको काम देखाउन नसकेको बताएका थिए । वर्तमान सरकारमा कांग्रेसबाट १० मन्त्री र दुई राज्यमन्त्री सहभागी छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार