काठमाडौं, माघ ४ :

नेपाली कांग्रेसले अर्थ समितिको संयोजकमा प्रकाशशरण महत र अनुशासन समितिको संयोजकमा दिलन्द्रप्रसाद बडूलाई नियुक्त गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज (बिहीबार) बसेको कांग्रेस संसदीय दल केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै सार्वजनिक लेखा समितिको संयोजकमा सञ्जय गौतम, सहकारी तथा प्राकृतिक श्रोत समितिको संयोजकमा चन्दा चौधरीलाई तोक्ने निर्णय भएको पनि प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए । 

संसदीय दलको विधानअनुसार प्रत्येक संसदीय समितिमा एक/एक जना संयोजक तोक्ने व्यवस्थाअनुसार पहिला तोकिएका संयोजकहरु एक जना मन्त्री, एक जना समितिको सभापति, एक जना प्रमुख सचेतक भएकाले खाली थियो ।

संसदीय समितिमा रहेका विधेयकहरुलाई तत्काल पास गर्न र संविधान कार्यान्वयनका केही अत्यावश्यक विधेयकहरु संसदमा छिटो भन्दा छिटो ल्याउन आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ ।