
काठमाडौं, माघ ४ :
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकलाई छलफलका लागि बोलाएको छ ।
समितिको बिहीबार बसेको बैठकले शुक्रबार बस्ने बैठकमा गृहमन्त्री लेखकलाई राष्ट्रिय परिचयपत्रको विषयमा छलफल गर्न समितिमा बोलाएको हो ।
बैठकमा समिति सभापति रामहरि खतिवडाले बैठकले शुक्रबार गृहमन्त्री रमेश लेखकलाई राष्ट्रिय परिचयपत्रका बारेमा छलफल गर्न बोलाउने निर्णय गरेको जानकारी दिए ।
उनले भने, ‘राष्ट्रिय परिचयपत्रको बारेमा छलफल गर्न भोलि गृहमन्त्रीलाई बोलाएका छौं ।’
अर्को बैठक भोलि (शुक्रबार) मध्याह्न साढे १२ बजे बस्नेछ ।