बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

पत्रकार सम्मेलन अघि विपक्षी दलहरूको बैठक बस्दै

· शुक्रबार, ५ माघ, २०८१ मा प्रकाशित
पत्रकार सम्मेलन अघि विपक्षी दलहरूको बैठक बस्दै
काठमाडौँ, माघ ५ :

सङ्घीय संसद्का विपक्षी दलहरूले आज पत्रकार सम्मेलन गर्दैछन् ।

हिजो गर्ने भनिएको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो । 

त्यसअघि विपक्षी दलको बैठक बस्दै छ । बैठक दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यालय नयाँ बानेश्वरमा बस्ने भएको हो । 

बैठकपछि विपक्षी दलले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे संयुक्त पत्रकार सम्मेलन गर्ने तयारी छ।  

पत्रकार सम्मेलनको तयारीका लागि नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुषालको दुई सदस्यीय कार्यदल बनाएको थियो ।

बुधबार बसेको विपक्षी दलको बैठकले साझा धारणा बनाउन ड्राफ्ट तयार गर्ने जिम्मेवारी उनीहरूलाई तोके पनि काम पुरा नभएको भन्दै पत्रकार सम्मेलन आजका लागि सरेको हो ।

बुधवार बसेको विपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने बताएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार