
चितवन, माघ ५ :
चितवन प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित १४ जनालाई प्रतिवादी बनाउन रायसहितको प्रतिवेदन बुझाएको छ ।
सहारा सहकारीमा बचतकर्ताले राखेको रकम अनियमितता भएको प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध अनुसन्धान गरेर प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।
रविविरुद्ध सहारा सहकारी ठगी प्रकरणको मुद्दा भदौ ८ मा चितवन जिल्ला अदालतमा दर्ता भएको थियो ।सोही आरोपमा गत मंसिर ५ मा पूरक जाहेरी दर्ता भएको थियो । सहारा चितवन बहुउद्देश्यीय सहकारीको बचत रकम हिनामिना भएको भनेर २०८० असोज ९ मा चितवन प्रहरीमा जाहेरी परेको थियो ।