बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

राष्ट्रिय परिचयपत्रप्रति सांसदहरुको चासो : डाटा लिक हुन नदिन सरकार संवेदनशील

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ५ माघ, २०८१ मा प्रकाशित
राष्ट्रिय परिचयपत्रप्रति सांसदहरुको चासो : डाटा लिक हुन नदिन सरकार संवेदनशील
काठमाडौं, माघ ५ :

राष्ट्रिय परिचयपत्र बनाउँदा नागरिकको व्यक्तिगत विवरणको दुरुपयोग हुन सक्ने जोखिम रहेको भन्दै सांसदहरुले चासो र चिन्ता व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासान समितिको शुक्रबारको बैठकमा सांसदहरुले राष्ट्रिय परिचयपत्र बनाउने कम्पनीमार्फत डाटा लिक हुने जोखिम रहेको बताएका हुन्।डिजिटलको दुनियाँमा व्यक्तिगत विवरणहरु चोरीका घटना बढेको भन्दै यसमा सरकार चनाखो हुनुपर्ने सांसदहरुको जोड थियो।

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले तथ्यांकको सुरक्षा गर्न नसकिए नागरिकको जीवनमै खतरामा पर्ने भन्दै अहिलेसम्म के कस्ता  प्रबन्ध भएका छन् भन्ने बारे गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराए । साथै बडूले राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएका कारण दुर्गम भेगका नागरिकले समस्या झेल्नुपरेकोले सरकारले तत्काल समाधान गर्नुपर्नेमा जोड दिए।

नेकपा (एमाले) का सांसद रघुजी पन्त, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्की लगायतका अधिकांश सांसदहरुले राष्ट्रिय परिचयपत्र निर्माणको क्रममा  डाटा चोर्ने समस्या पनि हुन सक्ने जनाउँदै सुरक्षामा सरकारले गम्भीर ध्यान दिनुपर्नेमा जोडदिए ।

जवाफमा गृहमन्त्री लेखकले सुशासन प्रवद्धन, सहज ढंगले सेवा प्रवाह र अपराध नियन्त्रणका लागि राष्ट्रिय परिचयपत्र अपरिहार्य भएको जनाउँदै राष्ट्रिय परिचयपत्रमा समावेश गरिएका नागरिकका जैविक तथा व्यक्तिगत विवरणको सुरक्षाप्रति सरकार संवेदनशील रहेको बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार