बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार राजनीति

जलवायु न्यायका लागि सगरमाथा संवादको तयारी गरिदै

· शुक्रबार, ५ माघ, २०८१ मा प्रकाशित
जलवायु न्यायका लागि सगरमाथा संवादको तयारी गरिदै
काठमाण्डौं, माघ ५ :

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु न्यायसम्बन्धी विषय अन्तर्राष्ट्रियस्तरमा पु-याउने उद्देश्यले सगरमाथा संवाद आयोजनाको तयारी गरिएको बताउनुभएको छ ।

राष्ट्रिय मानवाधिकार आयोगले आज आयोजना गरेको स्वच्छ वायु अधिकार र जलवायु न्यायसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी बैठकमा उहाँले सम्मेलनका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको उल्लेख गर्नुभयो ।

बैठकमा उठाइएका विषयहरू स्वच्छ वायु,जलवायु न्याय र मन्त्रालयका लागि अत्यन्त महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो ।

उहाँले उपलब्ध अवसर र स्वच्छ प्रविधिको उपयोग गरेर नेपालले अन्य देशले गरेका गल्ती नदोहो-याई स्वच्छ र दिगो विकासको मार्ग अपनाउन सक्छन् भन्ने विषयमा जोड दिइएको बताउनुभयो ।

विभिन्न १० मन्त्रालयका सचिवस्तरीय उपस्थिति र काठमाडौँ तथा ललितपुर महानगरपालिकाका कार्यकारी प्रमुखहरूको सहभागितामा  लामो समयपछि ‘काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६’को बैठक सम्पन्न भएको उहाँले जानकारी गराउनुभयो ।

उक्त कार्ययोजनाको मुख्य उद्देश्य काठमाडौँ उपत्यकामा वायु प्रदूषणको रोकथाम र नियन्त्रण गरी नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु रहेको उहाँले स्पष्ट पार्नुभयो ।

मन्त्री शाहीले हाल वन मन्त्रालयले सबै मन्त्रालयको सहभागितामा जलवायु परिवर्तनसम्बन्धी १० वर्षे योजना राष्ट्रिय निर्धारित योगदान (एनडिसी) बनाउने तयारीमा रहेको जानकारी गराउनुभयो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार