बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार राजनीति

उपराष्ट्रपति यादव र भारतका राजदूत श्रीवास्तवबीच भेटवार्ता

· शुक्रबार, ५ माघ, २०८१ मा प्रकाशित
उपराष्ट्रपति यादव र भारतका राजदूत श्रीवास्तवबीच भेटवार्ता
काठमाडौँ, माघ ५ :

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज अपराह्‍न भएको भेटमा द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग, नेपालको विकासका प्राथमिकता, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा द्विदेशीय सहयोग र सहकार्य लगायत आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिका प्रेस संयोजक दिनेश यादवले जानकारी दिए ।
 
त्यस अवसरमा राजदूत श्रीवास्तवले भारतको ‘छिमेक पहिले’ नीतिलाई निरन्तर अघि बढाएको उल्लेख गर्दै केन्द्र सरकारले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको भए पनि नेपाललाई दुई लाख टन गहुँ निर्यातको अनुमति दिइएको जानकारी गराए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार