बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

रवि र छविविरुद्ध आज रुपन्देहीमा मुद्दा दर्ताको तयारी, लामिछाने भोलि भैरहवा जाने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ७ माघ, २०८१ मा प्रकाशित
रवि र छविविरुद्ध आज रुपन्देहीमा मुद्दा दर्ताको तयारी, लामिछाने भोलि भैरहवा जाने
काठमाडौं, माघ ७ :

सुप्रिम सहकारीको रकम अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध आज रुपन्देहीमा मुद्दा दर्ता गर्ने तयारी गरिएको छ ।

उनीहरुविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा ४ करोड भन्दा बढी बिगो माग दाबी गरिने बताइएको छ ।लामिछानेसहितका थप प्रतिवादीविरुद्ध पूरक अभियोग आज अदालत लैजाने तयारी भएको जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले बताए ।सुप्रिम सहकारी ठगीमा बिहीबार १७ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा थप अभियोग दर्ता भइसकेको छ ।

यसैबीच रवि लामिछाने भोलि थुनछेक बहस तथा बयानका लागि भोलि जिल्ला अदालत भैरहवा जाने बुझिएको छ ।कानून व्यवसायीसहित जाने तयारी भए पनि को-को कानुन व्यवसायी जाने भन्ने टुंगो लागि नसकेको जनाएको बताइएको छ ।

लामिछाने र जोशी कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भइसकेका छन् ।यसैगरी चितवनको साहारा चितवन र पर्साको सानोपाइला सहकारी प्रकरणमा पनि उनीहरू दुवैजनाविरुद्ध मुद्दा चलाउने तयारी छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार