
सुप्रिम सहकारीको रकम अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध आज रुपन्देहीमा मुद्दा दर्ता गर्ने तयारी गरिएको छ ।
उनीहरुविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा ४ करोड भन्दा बढी बिगो माग दाबी गरिने बताइएको छ ।लामिछानेसहितका थप प्रतिवादीविरुद्ध पूरक अभियोग आज अदालत लैजाने तयारी भएको जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले बताए ।सुप्रिम सहकारी ठगीमा बिहीबार १७ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा थप अभियोग दर्ता भइसकेको छ ।
यसैबीच रवि लामिछाने भोलि थुनछेक बहस तथा बयानका लागि भोलि जिल्ला अदालत भैरहवा जाने बुझिएको छ ।कानून व्यवसायीसहित जाने तयारी भए पनि को-को कानुन व्यवसायी जाने भन्ने टुंगो लागि नसकेको जनाएको बताइएको छ ।
लामिछाने र जोशी कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भइसकेका छन् ।यसैगरी चितवनको साहारा चितवन र पर्साको सानोपाइला सहकारी प्रकरणमा पनि उनीहरू दुवैजनाविरुद्ध मुद्दा चलाउने तयारी छ ।