बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

राष्ट्रिय दलको मान्यता पाउने सर्तमा थप कडाइ गर्दै आयोग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ७ माघ, २०८१ मा प्रकाशित
राष्ट्रिय दलको मान्यता पाउने सर्तमा थप कडाइ गर्दै आयोग
काठमाडौं, माघ ७ :

निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता पाउने शर्तमा थप कडाइ गर्न प्रस्ताव गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दलसम्बन्धी ऐनको दफा ५२ मा भएको व्यवस्थामा थप कडाइ गर्ने प्रस्ताव गरेको जानकारी दिए ।

हाल राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभाको चुनावमा समानुपातिकतर्फ कम्तीमा ३ प्रतिशत मत र प्रत्यक्षतर्फ एक सिट मात्रै जिते हुने व्यवस्थालाई संशोधन गर्दै अब पाँचवटा सर्त पूरा गरेकाले मात्रै राष्ट्रिय दलको मान्यता पाउने गरी आयोगले कानुन संशोधनको तयारी गरेको छ ।

जसअनुसार समानुपातिक चुनावमा निश्चित मत प्राप्त गर्नै पर्ने,  राष्ट्रव्यापी संगठनात्मक संरचना वा उपस्थिति हुनुपर्ने, कम्तिमा तीनवटा प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व भएको हुनुपर्ने, कम्तिमा ८० प्रतिशत क्षेत्रमा चुनावमा भाग लिएको र समावेशी चरित्रको  दललाई मात्रै राष्ट्रिय दलको मान्यता दिनुपर्ने गरी कानुन संशोधन अघि बढेको थपलियाले जानकारी दिए ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार