बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

थुनछेक बहस सकिएन : जोशी प्रहरी हिरासतमै रहने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ७ माघ, २०८१ मा प्रकाशित
थुनछेक बहस सकिएन : जोशी प्रहरी हिरासतमै रहने
काठमाडौं, माघ ७ :

कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दामा भएको थुनछेक बहस नसकिएपछि नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी हिरासतमा रहने भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ठाकुरप्रसाद खरेलको आज (आइतबार) इजलासमा थुनछेक बहस भएको थियो ।

आइतबार उपस्थित भएका जोशीको थुनछेक बहस नसकिएका कारण उनी हिरासतमै रहेन भएका हुन् । अदालतको आदेश अनुसार उनलाई आज परिसरकै हिरासतमा राखिएको छ । 

उनको बयान सकिएर आइतबारै सरकारी वकिलले बहस पनि गरेका गरे। तर उनको तर्फबाट बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। भोलि (सोमबार) बहस सकिएपछि थुनछेक आदेश हुने अदालतले जनाएको छ। भोलि फेरि अदालत उपस्थित गराइने छ ।

सूर्यदर्शन सहकारी ठगीको अभियोगमा जोशी कास्की अदालतबाट ८८ लाख धरौटीमा रिहा भएका थिए । उनका सहकर्मी रवि लामिछाने भने ६० लाख धरौटीमा काठमाडौ अदालतबाट पनि रिहा भइसकेका छन् ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार