काठमाडौं, माघ ७ :

कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दामा भएको थुनछेक बहस नसकिएपछि नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी हिरासतमा रहने भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ठाकुरप्रसाद खरेलको आज (आइतबार) इजलासमा थुनछेक बहस भएको थियो ।

आइतबार उपस्थित भएका जोशीको थुनछेक बहस नसकिएका कारण उनी हिरासतमै रहेन भएका हुन् । अदालतको आदेश अनुसार उनलाई आज परिसरकै हिरासतमा राखिएको छ । 

उनको बयान सकिएर आइतबारै सरकारी वकिलले बहस पनि गरेका गरे। तर उनको तर्फबाट बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। भोलि (सोमबार) बहस सकिएपछि थुनछेक आदेश हुने अदालतले जनाएको छ। भोलि फेरि अदालत उपस्थित गराइने छ ।

सूर्यदर्शन सहकारी ठगीको अभियोगमा जोशी कास्की अदालतबाट ८८ लाख धरौटीमा रिहा भएका थिए । उनका सहकर्मी रवि लामिछाने भने ६० लाख धरौटीमा काठमाडौ अदालतबाट पनि रिहा भइसकेका छन् ।