बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
खेलकुद क्रिकेट

नेपालले आज दोस्रो खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ८ माघ, २०८१ मा प्रकाशित
नेपालले आज दोस्रो खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै
काठमाडौँ, माघ ८ :

आईसीसी यू- १९ महिला टी-२० विश्वकपमा आज (सोमबार) नेपालले दोस्रो खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ ।

मलेसियामा जारी यो खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । यसअघि माघ ५ गते शनिबार पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।

स्कटल्यान्ड भने पहिलो खेलमा अस्ट्रेलियासँग ९ विकेटले पराजित भएको हो । पहिलो खेलमा पराजित नेपाल र स्कटल्यान्डले दोस्रो खेलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । 

विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यो समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्यान्ड रहेका छन् ।

विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलंका र वेस्ट इन्डिज छन् भने समूह ‘बी’ मा इङ्ग्ल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका छन् । समूह ‘सी’ मा न्युजिल्यान्ड, समोआ, दक्षिण अफ्रिका र नाइजेरिया छन् ।

पूजा महतोको कप्तानीमा नेपाली टिम मलेसियामा विश्वकप खेल्दै छ । नेपालको समूह चरणको अन्तिम खेल पर्सि (माघ ९ गते) अस्ट्रेलियासँग हुनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार