
काठमाडौं, माघ ८ :
प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) भएको भेटमा हिउँदे अधिवेशन, संसद्को बिजनेस लगायतकाबारे छलफल भएको जनाइएको छ । सरकारले अधिवेशन बोलाउने तयारी गरेका बेला दुई संवैधानिक निकायका प्रमुखबीच भेट भएको हो ।
संघीय संसद्को नियमित अधिवेशन माघ १८ मा बोलाउनेबारे सरकारले आन्तरिक छलफल गर्दै आएको छ ।
आज दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानको मिति तय गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने तयारी गरेको छ ।
यसअघिको मन्त्रिपरिषद् बैठकमा समेत अधिवेश बोलाउनेबारे छलफल भइसकेको छ।संसद्का विपक्षी दलहरुले तत्काल अधिवेशन बनोलाए विशेष अधिवेशनको माग गर्ने चेतावनी दिएका छन् ।