काठमाडौँ, माघ ९ :

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालनमा आएको छ । 

अन्तरङ्ग विभागमा भर्ना भएका बिरामीलाई उपलब्ध गराउँदै आएको स्वास्थ्य बिमा कार्यक्रम पुनः सुरू गरिएको अस्पतालले जनाएको छ ।

उक्त सेवा गत भदौ १२ गतेदेखि स्थगन गरिएकामा सोमबारदेखि पुनः सञ्चालनमा आएको अस्पतालका प्रशासन प्रमुख सरस्वती गुरुङले जानकारी दिए । 

सम्पूर्ण विभाग/ वार्ड / शाखा/ ओपिडी तथा एकाइमा अन्तरङ्ग सेवामा बिरामी भर्ना गर्दा यो सेवा लागू हुने सूचनामा उल्लेख छ ।