माघ ९ :

दक्षिणी ताइवानमा मंगलबार बिहान ६ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्पमा परेर अहिलेसम्म १५ जना घाइते भएको सीएनएनले जनाएको छ । भूकम्पबाट अहिलेसम्म मृत्युको रिपोर्ट भने आएको छैन ।

स्थानीय समयअनुसार मंगलबार बिहान १२:१७ बजे युजिङबाट १२ किलोमिटर (७ माइल) उत्तरको क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसले जनाएको छ । यूएसजीएसका अनुसार भूकम्पको गिहराइ १० किलोमिटर रहेको छ ।

ताइवानको केन्द्रीय मौसम प्रशासनले भने भूकम्प ६.४ म्याग्निच्युड रेकर्ड गरेको छ । उद्धारकर्ताहरु उद्धारमा खटिइरहेको पनि सीएनएनले जनाएको छ । भूकम्पको प्रभाव ताइवानसँगै जापान, फिलिपिन्स र चीनमा पनि परेको छ ।