बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति बागमती प्रदेश

सरकारको आयु धेरै लामो छैन : दाहाल

शशांक भन्छन् - सरकार ढलिहाल्ने अवस्थामा छैन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ९ माघ, २०८१ मा प्रकाशित
सरकारको आयु धेरै लामो छैन : दाहाल
चितवन, माघ ९ :

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारको आयु धेरै लामो नभएको दाबी गरेका छन् । चितवनमा आज (म‌ंगलबार) पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

वर्तमान सत्ता गठबन्धन प्राकृतिक नै नभएको तर्क गर्दै उनले सरकारले गरेका कामहरू पनि उल्टापाल्टा हुँदै गएको र अध्यादेशसम्म आउँदा लाजमर्दो भएको दाहालको टिप्पणी थियो । सत्ताबाट हटेको दिनदेखि नै अध्यक्ष दाहाले सधैं सरकारको आयुको बारेमा बोल्दै आएका छन् । विपक्षी दलहरु सत्ता साझेदार दलहरुकोबीचमा तिक्तताले फाटो ल्याओस् भन्ने चाहन्छन् ।

भरतपुर विमानस्थलमै दाहालसँगै भेट भएका नेपाली कांग्रेसका नेता शशांक कोइरालाले सरकार तत्काल ढलिहाल्ने अवस्थामा नरहेको दाबी गरे ।

सरकारको स्थायित्वका लागि पनि दुई ठुलो दल मिल्नुको विकल्प नरहेको प्रस्ट्याउँदै नेता कोइराले तत्काल तलमाथि हुने सम्भावना नरहेको बताए । तर उनले भने, ‘राजनीति हो, जे पनि हुनसक्छ, नहुने होइन ।’

स्थिर सरकार भए विकाससहितका जनताका चाहना पूरा गर्न सहज हुने उनको भनाइ थियो । उनले संविधान संशोधनका विषयमा सत्तासाझेदार दलहरू स्पष्ट हुनुपर्ने पनि बताए । कुन विषयमा कस्तो संशोधन गर्ने भन्ने स्पष्ट भएपछि मात्र त्यसबारे छलफल गर्न सकिने उनको भनाइ थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार