
काठमाडौं, माघ ९ :
राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ ।
आयोगले अध्यक्ष महतो रहेको पार्टीलाई मंगलबार दल दर्ताको प्रमाणपत्र दिएको छ।काठमाडौं महानगरपालिका–१० शंखमुलमा केन्द्रीय कार्यालय रहने गरी आयोगले दल दर्ताको प्रमाणपत्र दिएको हो ।
साथै आयोगले यो दललाई ग्यास सिलिण्डर चुनाव चिह्न प्रदान गरेको छ । महतो विभिन्न पार्टीमा जाेडिदै र छुट्टिदै अहिले आफ्नै पार्टी दर्ता गरेर बसेका हुन् ।