
धरानबासीलाई खानेपानीको माग गर्दै सिंहदरबार पुगेका मेयर हर्क साम्पाङले प्रधानमन्त्री केपी ओलीलाई भने भेट्न पाएनन् । कार्यालय समयमा नै उनी सिंहदरबार पुगे पनि भेट हुन सकेन।
प्रधानमन्त्री ओलीसँग भेटेरै जाने भनेर उनी केहीसमय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेका थिए। प्रधानमन्त्रीसँग भेट नभएपछि उनी फर्किएका छन्।
उनी प्रधानमन्त्री ओली, खानेपानी मन्त्री र अर्थ मन्त्रीसँग भेटर खानेपानी समस्या राख्ने भनेर धरानबाट काठमाडौं आइएका थिए । खानेपानी र अर्थमन्त्रीसँगको भेटमा उनले समस्या समाधान गर्ने आश्वासन त पाए तर,प्रधानमन्त्रीलाई नै भेटेर समस्या राख्न भने पाएनन् ।
प्रधानमन्त्री ओली सगरमाथा संवादका लागि व्यस्त भएकाले मेयर साम्पाङसँग भेट्न हुन नसकेको जनाएको छ । साम्पाङ रित्तो गाग्री लिएर सिंहदरबार छिर्न खोज्दा प्रहरीले गाग्री खोसेको थियो।