काठमाडौं, माघ १० :

सुप्रिम सहकारी ठगीको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछानेको बयान सुरु भएको छ ।

 जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा बयान भइरहेको छ । रविको बयानपछि रूपन्देही जिल्ला अदालतका न्यायधिवक्ता  प्रेम पौडेल, सह-न्यायधिवक्ता गोकर्ण घिमिरे, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले बहस गर्नेछन्  । 

यस्तै लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र वरिष्ठ अधिवक्ता नारायण कँडेललगायतले बहस गर्नेछन् । लामिछानेसहित छविलाल जोशी, जीबी राईसहित पूरक १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दर्ता भएको छ ।

लामिछानेसँग मात्रै करिब चार करोड रपैयाँभन्दा बढीको माग दाबी गरिएको छ । मुद्दा दर्ता भएपछि लामिछाने आज आफैं अदालतमा उपस्थित भएका हुन् ।