
फाइनान्स कम्पनीहरुले वित्तीय अवस्था खराब देखिएको छ । सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीमध्ये हालसम्म १५ वटाले चालु आवको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दा आधा दर्जनभन्दा बढी कम्पनी खुद नोक्सानीमा देखिनुले पनि वित्तीय अवस्था खराब देखिएको हो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आवको दोस्रो त्रैमासमा नाफा कमाएका फाइनान्स कम्पनीहरुमध्ये मल्टीपर्पस फाइनान्सले दुई करोड तीन लाख ८२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।
यस अवधिमा प्रोग्रेसिभ फाइनान्सले भने आठ करोड ५३ लाख ५० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । सेन्ट्रल, मञ्जुश्री र नेपाल फाइनान्सले भने यस अवधिमा क्रमशः ३४ लाख ९० हजार, ११ करोड ७० लाख ७९ हजार र दुई करोड पाँच लाख चार हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।
यस अवधिमा गुडबिल, श्री इन्भेस्टमेन्ट र आईसीएफसी फाइनान्सले पनि क्रमशः एक करोड चार लाख ८९ हजार, एक करोड ४१ लाख ६० हजार र १० करोड १९ लाख ३२ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।
यीबाहेक सातवटा फाइनान्स कम्पनीले भने चालु आवको दोस्रो त्रैमासमा खुद नोक्सानी बेहोरेका छन् ।
जसमध्ये पोखरा फाइनान्सले ६ करोड ३७ लाख ९४ हजार रुपैयाँ खुद नोक्सानी बेहोर्दा गोर्खाज फाइनान्सले २५ लाख ९८ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । रिलायन्स, गुह्येश्वरी र वेस्ट फाइनान्सले भने यस अवधिमा क्रमशः ११ करोड ९७ लाख ३९ हजार, दुई करोड १८ लाख ८१ हजार र एक करोड ७२ लाख ६२ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेका छन् ।
समृद्धि र जानकी फाइनान्सले पनि यस अवधिमा क्रमशः ६ करोड २८ लाख २२ हजार र २४ करोड ८२ लाख रुपैयाँ खुद नोक्सानी बेहोरेका छन् ।
चालु आवको पुस मसान्तसम्म फाइनान्सहरुले कमाएको नाफा (रकम रु. हजारमा) :