बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

नेपालको साझा वैदेशिक सहायता नीति आवश्यक : महामन्त्री शर्मा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १० माघ, २०८१ मा प्रकाशित
नेपालको साझा वैदेशिक सहायता नीति आवश्यक : महामन्त्री शर्मा
काठमाडौं, माघ १० :

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको साझा वैदेशिक सहायता नीति आवश्यक रहेको बताएका छन् ।

नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागले बुधवार आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा शर्माले वैदेशिक सहायता नीतिको साझा श्वेतपत्र बनाउन सरकारले पहल गर्न जरुरी रहेको बताएका हुन् ।

 हालसम्म नेपालले पाएका वैदेशिक सहायताको तथ्यांक श्वेतपत्रमा राख्नुपर्ने पनि बताए । उनले वाह्य सहयोगको सन्दर्भमा नेपाल शतर्क, उदार, जिम्मेवार र गम्भीर बन्नुपर्ने बताए।

‘हाम्रो विभागले नै नेतृत्व गरिराखेर एउटा श्वेतपत्र मुलुकको सामुन्ने पस्किनुपर्छ महामन्त्री शर्माले भने, हालसम्म हामीले जे जति पनि वैदेशिक सहायता प्राप्त गरेका छौँ, त्यसको तथ्यांकदेखि लिएर पछिल्लो समयको चित्रसम्म यो बेलामा जरुरी छ ।’

महामन्त्री शर्माले निश्चित दल विशेषको आकंक्षा र चाहना भन्दा राष्ट्रिय रुपमा साझा दृष्टिबाट वैदेशिक सहयोग लिने व्यवस्था गर्नुपर्नै बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार