बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार अर्थतन्त्र

महानगर यातायातले थप्यो ४० नयाँ बस, पब्लिक लिमिटेडमा जाँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ११ माघ, २०८१ मा प्रकाशित
महानगर यातायातले थप्यो ४० नयाँ बस, पब्लिक लिमिटेडमा जाँदै
काठमाडौं, माघ ११ :

महानगर यातायात प्रालिले थानकोटदेखि धुलिखेलसम्मको रुटमा सेवा सञ्चलन गरेको छ ।

काठमाडौंमा बिहीबार एक कार्यक्रम गरी थानकोट-धुलिखेल सेवा सुरु गरेको हो । काठमाडौंको चक्रपथमा सेवा दिँदै आएको महानगर यातायातले टाटाका थप ४० बस आज (बिहीबार) देखि सञ्चालनमा ल्याएको हो ।

नयाँ बसहरु थपिएसँगै महानगर यातायातका बसहरु ८९ पुगेको प्रालिले जनाएको छ । सिप्रदी ट्रेडिङ प्रालिले सोही कार्यक्रममा बसहरुको चाबी महानगर यातायात प्रालिलाई हस्तान्तरण गरेको हो ।

नयाँ बस सञ्चालनमा आएसँगै महानगर यातायातले चक्रपथबाहेकका अन्य गन्तव्य र रुटहरुमा पनि सेवा विस्तार गरेको प्रालिका उपाध्यक्ष सन्तोष खतिवडाले बताए ।

आजदेखि नै महानगर यातायातले काठमाडौंको चन्द्रागिरि, गोदाम र थानकोटदेखि काभ्रेको बनेपा हुँदै धुलिखेलसम्मका रुटमा यात्रुलाई सेवा प्रदान गर्न सुरु गरेको खतिवडाको भनाइ छ । साथै महानगर यातायातले आफूलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

उपाध्यक्ष खतिवडाले महानगरपालिकाले छिटै १० वटा विद्युतीय बससमेत सञ्चालनमा ल्याउने गरी तयारी गरिरहेको जानकारी दिए । एक वर्षभित्रै ५० विद्युतीय बस सञ्चालन गर्ने तयारी रहेको खतिवडाको भनाइ छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार