बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार विदेश

भारतको पाचोरामा भएको रेल दुर्घटनामा मृत्यु भएका सातै नेपालीको शव आफन्तलाई बुझाइयो

नेपाली मृतकका परिवारलाई क्षतिपूर्तिका लागि समन्वय भइरहेको भारतस्थित नेपाली दूतावासले जनाएको छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १२ माघ, २०८१ मा प्रकाशित
भारतको पाचोरामा भएको रेल दुर्घटनामा मृत्यु भएका सातै नेपालीको शव आफन्तलाई बुझाइयो
काठमाण्डौं, माघ १२ :

भारत महाराष्ट्रको जलगाउँ जिल्लाको पारधाडे तालुका पाचोरामा भएको रेल दुर्घटनामा ७ जना नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ठेगाना नखुलेको कमला नवीन भण्डारी, डुडुवा नयाँबस्ती बाँकेका राधेश्याम राध र नारायणपुर मात्र ठेगाना खुलेका लच्छिराम पासी रहेका छन् ।

अछामका पञ्चदेवल विनायक नगरपालिका ४ का नन्दाराम, पद्मा विश्वकर्मा, मैसरा कामी विश्वकर्मा र हिनु नन्दराम विश्वकर्मा तथा कमला बजार नगरपालिका ४, चाल्साकी ६० वर्षीया जयकला कामी छन् ।

सबै शव आफन्तलाई बुझाइसकिएको बताइएको छ । नेपाली मृतकका परिवारलाई क्षतिपूर्तिका लागि पहल भइरहेको भारतस्थित नेपाली दूतावासले जनाएको छ ।

महाराष्ट्र राज्यस्थित जलगाउँमा बुधबार साँझ लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसमा आगो लागेपछि यात्रु रेलबाट हाम फालेका थिए ।

त्यस क्रममा विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको कर्नाटक एक्सप्रेसको रेलले उनीहरूमध्ये धेरैलाई किचेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार