
प्रतीकात्मक तस्बिर ।
तनहुँ, माघ १२ :
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बन्दीपुर गाउँपालिका १, डुम्रे बस्ने भारत मोतीहरी घर भएका २२ वर्षीय श्रवण कुमारलाई प्रहरीले पक्राउ गरेको छ ।
श्रवणले ती किशोरीलाई डर-त्रास देखाइ असोज १५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।