बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति अर्थतन्त्र

‘विकास निर्माणको कामलाई गति दिन वर्तमान सरकार बनेको हो’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १२ माघ, २०८१ मा प्रकाशित
‘विकास निर्माणको कामलाई गति दिन वर्तमान सरकार बनेको हो’
बुटवल, माघ १२ :

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणको कामलाई गति दिन वर्तमान सरकार बनेको बताएका छन् । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको आज (शुक्रबार) ब्रेक थ्रुका क्रममा उनले यस्तो बताएका हुन् ।

उपप्रधानमन्त्री सिंहले सुरुङ मार्गको ब्रेक थ्रुपछि सो क्षेत्रमा हुने सवारी यात्रा सुरक्षित र सहज हुने विश्वास व्यक्त गरे ।

त्यस्तै उनले अहिलेको सरकारको मुख्य प्राथमिकता विकास निर्माण र समृद्धि रहेको दाबी गरे । राजनीति अस्थिर हुँदा विकास निर्माणका कामले गति लिन नसक्ने भन्दै अहिले राजनीतिक स्थिरताका लागि संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको उनको भनाइ थियो ।

‘योजनाहरू राम्रो भए पनि राजनीति स्थिरता नहुँदा काम समयमा नसकिने र काममा व्यवधानहरू आउने कारणले गर्दा अहिले राष्ट्रिय राजनीतिको आवश्यकताअनुसार कांग्रेस, एमाले र अरू साना दल मिलेर सरकार बनेको छ,’ उनले भने, ‘दुई ठुला दल नमिली राजनीति स्थायित्व दिन सम्भव नभएको कारणले गर्दा राष्ट्रिय आवश्यकताअनुसार अहिले संयुक्त सरकार बनेको छ ।’ उपप्रधानमन्त्री सिंहले विकास निर्माणको काममा जनताको सहभागिता र स्वीकार्यता आवश्यक पर्नेमा पनि जोड दिए ।

यसअघिका सरकारले गर्न नसकेका कामलाई वर्तमान सरकारले अघि बढाउने पनि सिंहले बताए ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार