बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार

पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या ८ दशमलव १७ प्रतिशतले बढ्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १३ माघ, २०८१ मा प्रकाशित
पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या ८ दशमलव १७ प्रतिशतले बढ्यो
काठमाडौँ, माघ १३ :

पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या आठ दशमलव १७ प्रतिशतले वृद्धि भएको छ । 

वैदेशिक रोजगार विभागले शुक्रबार पत्रकार सम्मेलनमार्फत चालु आर्थिक वर्षको हालसम्मको प्रगति विवरण सार्वजनिक गर्दै पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्यामा वृद्धि भएको जानकारी दिएको हो । 

विभागका अनुसार गत आव भन्दा यस आवमा पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या १८ हजार दुई सय ३२ जनाले वृद्धि भएको छ । यसैगरी गत आवको तुलनामा एक सय ७५ जनाभन्दा बढी पीडितलाई क्षतिपूर्ति उपलब्ध गराइएको विभागले जनाएको छ । 

यसैगरी गत कात्तिकदेखि वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई क्षतिपूर्ति स्वरुप रु १० लाख उपलब्ध गराउने व्यवस्थासहित काम भइरहेको विभागले जानकारी दिएको छ । 

विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले आगामी केही समयभित्रमा जाहेरी दरखास्त बाहेकका सम्पूर्ण सेवा अनलाइन प्रणालीबाट प्रवाह गर्ने लक्ष्य लिएको बताए ।

उनका अनुसार मन्त्रालय अन्तर्गत सूचना प्रणालीलाई एकीकृत गर्न लागिएको छ । उनले इपिएस प्रणालीमार्फत दक्षिण कोरिया जाने कामदारको हवाई टिकटमा प्रतिव्यक्ति ७३ हजारले जोगिएको बताए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार