बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार राजनीति

अखिल क्रान्तिकारीले आज नयाँ नेतृत्व चयन गर्दै, अध्यक्षमा पाँच जनाको प्रतिस्पर्धा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १३ माघ, २०८१ मा प्रकाशित
अखिल क्रान्तिकारीले आज नयाँ नेतृत्व चयन गर्दै,  अध्यक्षमा पाँच जनाको प्रतिस्पर्धा
काठमाडौँ, माघ १३ :

नयाँ नेतृत्व चयनका लागि नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन अन्तर्गत आज निर्वाचन हुँदैछ ।

निर्वाचन समितिका अनुसार बिहान ९ देखि अपराह्‍न ४ बजेसम्म सात भौगोलिक सहित दुई गैरभौगोलिक प्रदेशबाट मतदान हुने छ।

अध्यक्षका लागि पाँचजनाले दाबी गरेका छन् । अध्यक्ष पदमा उपदेश यादव, विजयप्रकाश सापकोटा, सुदिन पौडेल, योगेन्द्र बुढा र हेमन्त राईबीच प्रतिस्पर्धा हुनेछ।

अखिल क्रान्तिकारीमा एक अध्यक्ष, ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ सचिव र एक कोषाध्यक्ष गरी ३३ पदाधिकारी, ४८ सदस्यीय सचिवालय, १६२ केन्द्रीय सदस्य चयन हुनेछन् ।

नयाँ नेतृत्व चयनका लागि देशभरबाट साढे २४ सय प्रतिनिधिले मतदान गर्ने क्रान्तिकारीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार