बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

‘आवश्यकताका आधारमा बनेको गठबन्धन निर्वाचनमा हुँदैन’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १३ माघ, २०८१ मा प्रकाशित
‘आवश्यकताका आधारमा बनेको गठबन्धन निर्वाचनमा हुँदैन’
ललितपुर, माघ १३ :

प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता उदयशमशेर जबराले मुलुकको आवश्यकताका आधारमा कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच गठबन्धन भई वर्तमान सरकार गठन भएको बताएका छन् ।

गोदावरी नगरपालिका–१ मा सो पार्टीले आयोजना गरेको सयदिने विशेष अभियानअन्तर्गतको क्रियाशील भेलामा ललितपुर–१ का सांसदसमेत रहेका उनले अहिले सरकार गठनका लागि गठबन्धन गरिएको भए पनि आगामी निर्वाचनमा भने गठबन्धन नहुने स्पष्ट पारे। उनले संविधान संशोधन गरी चुनावी प्रक्रिया समयानुकूल बनाइनुपर्नेमा समेत जोड दिए।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले कांग्रेस जनताको चाहनाअनुरूप विकास निर्माणमा प्रतिबद्धता रहेको बताए । वडा नं १ का अध्यक्ष श्रीराज थापाले २०४८ सालदेखि वडाको नेतृत्व नेपाली कांग्रेसले गरिरहेकाले आगामी दिनमा पार्टीलाई अझ बलियो बनाउने प्रतिबद्धता जनाए । त्यस अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार