बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

गगन थापा भन्छन् - कांग्रेस-एमालेले काम देखाउन ८४ कुर्नु पर्दैन

काम गर्न छाडेर गनगन गर्न पाइँदैन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १४ माघ, २०८१ मा प्रकाशित
गगन थापा भन्छन् - कांग्रेस-एमालेले काम देखाउन ८४ कुर्नु पर्दैन
काठमाडौं, माघ १४ :

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले  देश र जनताको पक्षमा काम गर्न वर्तमान सरकारलाई पर्याप्त समय रहेको बताएका छन् ।

राजधानीमा आइतबार मीनकुमारी राणाको प्रतीमा अनावरण, पुरस्कार तथा छात्रवृत्ति वितरण समारोहमा महामन्त्री थापाले कांग्रेस-एमालेले काम गर्ने समय पाइएन भन्न नमिल्ने बताएका हुन् ।

काम गर्नका लागि छोटो अवधि पनि पर्याप्त हुने बताए भन्दै थापाले समय हुँदा काम गर्न छाडेर गनगन गर्न नपाइने बताए ।

काम देखाउन कांग्रेस र एमालेले अहिले नै २०८४ को निर्वाचनको कुरा गरेर समय खर्चिनु नहुने जनाउँदै सत्ता गठबन्धनलाई काम गर्न अझै तीन वर्ष रहेको उनले बताए ।

उनले छाेटो अवधिमा बीपी कोइराला, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारी नेतृत्वको सरकारले गरेका कामको समेत चर्चा गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार