
नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताका लागि ‘लिडर्स नाइट विथ भूषण दाहाल’ कार्यक्रम चितवनको सौराहामा सम्पन्न गरेको छ ।
कम्पनीमा कार्यरत अभिकर्ताका लागि २०८१ साउन महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्तालाई गैंडाकोटस्थित मौलाकालिका मन्दिरको दर्शन तथा दियालो बंगला संग्रहालय अवलोकन गराउने र टेलिभिजनमा कार्यक्रम प्रस्तोता भूषण दाहालसँग साक्षात्कार गराएको हो ।
कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा, एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणासहित प्रदेश प्रमुख, तथा विभिन्न शाखाका शाखा प्रमुखसहित देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनोट हुन सफल २२५ जना वरिष्ठ अभिकर्ताले कार्यक्रममा सहभागिता जनाएका थिए ।
कार्यक्रममा दाहालले सहभागी अभिकर्तालाई नेतृत्वबारे विशेष प्रशिक्षण दिएका थिए । उनले नेतृत्वकर्ताले भविष्यको स्पष्ट खाका कोर्न जहिले पनि प्रश्न होइन हजारौं प्रश्नको जवाफ दिने आँट र साहस बोकेर बस्न सक्नुपर्ने धारणा राखे ।