बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

राप्रपाको १५ बुँदे निर्णय : हिन्दू राष्ट्रका लागि दबाब दिन जनपरिचालन गर्ने

एमाले–कांग्रेसको गठबन्धन असफल भएको निष्कर्ष
· आइतबार, १४ माघ, २०८१ मा प्रकाशित
राप्रपाको १५ बुँदे निर्णय : हिन्दू राष्ट्रका लागि दबाब दिन जनपरिचालन गर्ने
माघ १४ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठकले आगामी वैशाखभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने भएको छ । पार्टीको आइतबार सम्पन्न केन्द्रीय समितिको बैठकले सबै जनवर्गीय सङ्गठनका अधिवेशन आगामी चैत मसान्तसम्म सम्पन्न गर्न निर्देशन दिएको हो ।

पार्टीको यही माघ ११ गतेदेखि बसेको बैठकले १५ बुँदे विभिन्न निर्णय गर्दै राजनीतिक प्रतिवेदन, आर्थिक र साङ्गठनिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।

 पार्टीले उठाउँदै आएको हिन्दू राष्ट्रलगायत विषयवस्तुमा दबाब दिन प्रदेश र जिल्ला तहमा आगामी फागुनमा जनपरिचालन गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा राजनीतिक दलसँग सहकार्य गर्ने निर्णय गरेको बैठकले सातबुँदे सहमतिमार्फत गठन भएको एमाले–कांग्रेसको गठबन्धन असफल भएको निष्कर्ष निकालेको छ ।

बैठकमा वडा तहबाट सङ्गठन गठन र पुनर्गठन कार्यको समीक्षासहित पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारी र कामको समीक्षा गरिएको थियो । बैठकले समान विचारधारा भएका राजनीतिक समूह तथा पार्टीसँग एकता गर्ने समेत निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार