बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

आज सत्तापक्षीय दलको बैठक : अध्यादेशबारे एउटै धारणा बनाउने प्रयास

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ माघ, २०८१ मा प्रकाशित
आज सत्तापक्षीय दलको बैठक : अध्यादेशबारे एउटै धारणा बनाउने प्रयास
काठमाडाैं, माघ १५ :

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तापक्षीय दलको बैठक बोलाएका छन्। 

बैठक आज (सोमबा) साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

अध्यादेशबारे सत्तापक्षका सबै दलको एउटै धारणा बनाउने प्रयास स्वरुप प्रधानमन्त्रीले यो बैठक डाकेको एक नेताले बताए । 

सरकारले ल्याएको अध्यादेशको पक्षमा उभिन प्रमुख सत्तारुढ दल काङ्ग्रेस र एमालेले आफ्ना सांसदहरूलाई निर्देशन दिइसकेका छन्। सरकारलाई समर्थन गर्ने दलको पनि संसदमा एउटै स्वर होस् भन्ने पक्षमा प्रधानमन्त्री ओली छन् ।

सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरु भने खुशी छैनन् । उनीहरु संसदको पहिलो बैठकमै अध्यादेशको विषयमा चर्को आवाज उठाउने तयारीमा छन् । 

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद बैठक आगामी माघ १८ गते दिउँसो १ बजे बोलाएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार