
काठमाडौं, माघ १५ :
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबारदेखि ८ घण्टा मात्र बन्द हुने भएको छ ।
दैनिक १० घण्टा उडान बन्द गरेर रनवेको काम सकिएसँगै पूर्वाधार विस्तारको समय १० घण्टाबाट घटाएर ८ घण्टामा झारिएको सिनामंगलस्थित हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक इन्जिनियर दीपेन्द्र श्रेष्ठले जानकारी दिए । अबदेखि राति ११ बजेदेखि बिहान ७ बजेसम्म बन्द विमानस्थल हुने जनाइएको छ ।
कात्तिक २३ गतेदेखि राति १० बजेदेखि उडानहरु बन्द गरेर अन्तर्राष्ट्रिय एप्रोन, समानान्तर ट्याक्सी, ह्यांगर निर्माणलगायता पूर्वाधार निर्माणका कार्यहरु भइरहेका थिए ।