बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

सरकार ८४ सालसम्मै चल्ने प्रधानमन्त्रीको दाबी, दिनगन्ती गरेर समय खेर नफाल्न आग्रह

आजै ढल्छ, भोलि ढल्छ भन्दै हिँडेर समय खेर नफालौं
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १६ माघ, २०८१ मा प्रकाशित
सरकार ८४ सालसम्मै चल्ने प्रधानमन्त्रीको दाबी, दिनगन्ती गरेर समय खेर नफाल्न आग्रह
काठमाडौं, माघ १६ :

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेस-एमाले गठबन्धनको सरकार २०८४ सम्मै चल्ने बताएका छन्।

नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा रहेको एमाले संसदीय दलको बैठकमा मंगलबार बोल्दै उनले दिनदिनै सरकार ढल्छ भनेर हल्ला चलाएर समय बर्वाद नगर्न आग्रह गरेका छन्। नामै नलिए पनि उनको अभिव्यक्ति विपक्षी दलका नेताहरुप्रति लक्षित थियो ।

पछिल्लो समय प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ओली सरकार धेरै दिन नटिक्ने भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै आएका छन् ।ओलीले २०८४ को मंसिरको चुनावताका मात्रै सरकार बदलिने बताए  ।

मुख्य सचेतक महेश बर्तौलाका अनुसार सरकारले हालै ल्याएको ५ वटा अध्यादेश फास्ट ट्रयाकमा पारित गर्ने र बिधेयकहरूलाई पनि एकमतसहित पारित गराउनका लागि छलफल भएको छ।माघ १८ गते देखि सुरु हने हिउँदे अधिवेसनको तयारीका लागि यो बैठक बसेको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार