सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा#चलचित्र विकास बोर्ड#अध्यक्ष मनिष पण्डित#पूर्वअध्यक्ष कुल आचार्य#डीएनए परीक्षण कीट#प्रशासनमन्त्री प्रतिभा रावल #पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा#चलचित्र विकास बोर्ड#अध्यक्ष मनिष पण्डित#पूर्वअध्यक्ष कुल आचार्य#डीएनए परीक्षण कीट#प्रशासनमन्त्री प्रतिभा रावल
समाचार स्वास्थ्य

आवासीय चिकित्सकद्वारा चिकित्सा शिक्षा आयोग घेराउ, सरकारीसरह तलबको माग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १६ माघ, २०८१ मा प्रकाशित
आवासीय चिकित्सकद्वारा चिकित्सा शिक्षा आयोग घेराउ, सरकारीसरह तलबको माग
काठमाडौं, माघ १६ :

सरकारले तोकेको मासिक भत्तालाई लिएर आवासीय चिकित्सकहरु आन्दोलित भएका छन् । सरकारले सम्झौताविपरीत निर्णय गरेको जनाउँदै उनीहरु आयोगमा घेराउ गर्न पुगेका हुन् ।

सम्झौतामा मासिक ४८ हजार रुपैयाँ निर्वाह भत्ता लागु गर्नुपर्ने थियो तर, सरकारले त्यसलाई कार्यान्वयन नगरेको उनीहरुको दुखेसो छ ।आवासीय चिकित्सक पारिश्रमिक र चिकित्सकको सुरक्षाको विषयमा २०८० असोजमा सरकारसँग ६ बुँदे सहमति भएको थियो ।

निजी मेडिकल कलेजमा सःशुल्क अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजारका दरले निर्वाह भत्ता उपलब्ध गराउने मन्त्रीस्तरिय निर्णय भएसँगै चिकित्सकहरू विरोधमा उत्रिएका हुन् ।

आयोगका सहअध्यक्ष समेत रहेको स्वास्थ्यमन्त्री प्रदीप पौडेल र शिक्षामन्त्री विद्या भट्टराईले मंगलबार निर्वाह भत्ता तोकेका थिए ।स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका अध्यक्ष डा. शेषराज घिमिरेले स्वास्थ्य र शिक्षामन्त्रीले गरेको उक्त निर्णय मान्य नहुने बताए ।

निजी मेडिकल कलेजमा पनि सरकारीसरह ४८ हजारको सुनिश्चिता नभएसम्म आफूहरुको विरोध जारी रहने डा. घिमिरेले बताए ।

 

र यो पनि…

आवासीय चिकित्सकको चौबीसघण्टे अल्टिमेटम, ‘माग पूरा नगरे सेवा बहिष्कार गर्छौं’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार