बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

विश्वकर्मा र लामालाई माधव नेपालले अपानिबाटै हटाए

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १६ माघ, २०८१ मा प्रकाशित
विश्वकर्मा र लामालाई माधव नेपालले अपानिबाटै हटाए
काठमाडौं, माघ १६ :

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका मुख्य जनसंगठनहरू युवा संघ नेपाल र अनेरास्ववियूको केन्द्रीय अध्यक्षलाई पदमुक्त गरेका छन् । युवा संघका अध्यक्ष कृष्णकुमार विश्वकर्मा र अनेरास्ववियूका अध्यक्ष आरती लामा पदमुक्त भएका हुन्।

अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशिका–४ जारी अनेरास्ववियू र युवा संघमा रहेका पार्टी केन्द्रीय कमिटीका सबैलाई अनेरास्ववियू र युवा संघको जिम्मेवारीबाट बिदा गरी भूगोलको जिम्मेवारी तोकेको जनाएका छन् ।

सबैलाई तोकिएको जिम्मेवारी सम्हाल्न र दुबै संगठनका सम्मेलनलगायत कामको योजना बनाई अगाडि बढाउन पनि निर्देशन दिइएको छ ।

दुवै संगठनका अध्यक्षहरू पार्टी केन्द्रीय सदस्य भइसकेकाले नयाँ जिम्मेवारी दिनुपरेको उपाध्यक्ष डा. गंगालाल तुलाधारले बताए ।तर, अपानिबाटै पदमुक्त गर्ने निर्णयप्रति विश्वकर्मा र लामा दुवैले असन्तुष्टि जनाएका छन्

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार