बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

‘संसद्‌मा रवि लामिछाने निलम्बनको विषय सशक्त रुपमा उठाउँछौं’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १७ माघ, २०८१ मा प्रकाशित
‘संसद्‌मा रवि लामिछाने निलम्बनको विषय सशक्त रुपमा उठाउँछौं’
काठमाडौं, माघ १७ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  संसद्को हिउँदे अधिवेशनको सुरुमै आफ्ना संसदीय दलका नेता रवि लामिछाने निलम्बनको विरोध गर्ने भएको छ ।

संसदीय दलको बुधबार बसेको बैठकपछि पत्रकारहरुसँग प्रमुख सचेतक सन्तोष परियारले सरकारले राजनीतिक प्रतिसोधका आधारमा प्रतिनिधि सभा नियमावलीको विपरीत आफ्नो पार्टी संसदीय दलका नेता लामिछानेलाई सम्पत्ति शुद्धीकरण समेतको मुद्दा हालेर सांसद पद निलम्बन गरेको आरोप लगाए ।

लामिछानेविरुद्ध सहकारी ठगी तथा सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएर सांसद पदबाट निलम्बन भएपछि रास्वपाले संस्थागत रुपमै विरोध गर्न लागेको हो । रास्वपाले संसद्‌मा सहकारी र अर्थतन्त्र, असन्तुलित परराष्ट्र नीति र सत्ता समीकरणको सात बुँदालाई अघि सारेर विरोध गर्ने भएको छ ।

रास्वपाले सरकारले ल्याएका अध्यादेशका विरुद्ध उभिने निर्णय पनि गरेको छ । उसले अध्यादेश पेस नगर्न विरोधको सूचना पनि संसद्‌मा दर्ता गर्ने भएको छ । केही दिनअघि मात्रै सरकारले ६ वटा अध्यादेश ल्याएको छ । दलका नेता लामिछाने निलम्बनमा परेपछि रास्वपा संसदीय दलको बैठक उपनेता विराजभक्त श्रेष्ठको संयोजकत्वमा बैठक बसेको थियो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार