बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

पूर्वराष्ट्रपति-उपराष्ट्रपति भइसकेका व्यक्तिहरु राजनीतिमा फर्किन हुन्न : ज्ञवाली

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १७ माघ, २०८१ मा प्रकाशित
पूर्वराष्ट्रपति-उपराष्ट्रपति भइसकेका व्यक्तिहरु राजनीतिमा फर्किन हुन्न : ज्ञवाली
बुटवल, माघ १७ :

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिप्रति चासो देखाइरहँदा नेकपा (एमाले)कै केही नेताहरुले भने त्यति मनपराएका छैनन् । उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति भइसकेको व्यक्तिले दलीय राजनीतिमा सक्रिय हुने कुरा उचित नभएको बताए ।

बुटवलमा  बुधवार आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मुलुककै अभिभावक भइकसकेको मान्छे पार्टीको प्रत्यक्ष कार्यकारी भूमिकामा फर्किने कुरा उचित नहुने बताए । 

पूर्वराष्ट्रपति भण्डारीले आफैं केहीदिन यता सार्वजनिक रुपमै चासो व्यक्त गरिरहँदा पनि उपमहासचिव ज्ञवाली भने त्यसमा कुनै सत्यता नरहेको दाबी गर्छन् । पूर्वराष्ट्रपति भण्डारीले आफू राजनीतीमा फर्के भने एमालेमै फर्कने अभिव्यक्ति दिएका थिए ।

राष्ट्रपति वा उपराष्ट्रपति संस्था गणतन्त्रको प्रतिकको रुपमा नवोदित संस्थाहरू हुन् यस्ता संस्थाहरूलाई  मर्यादित बनाउनु सबैको कर्तव्य रहेको समेत बताए ।पूर्वराष्ट्रपति भण्डारी एमालेमा फर्किन खोज्दै छन् भने पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ पनि पुनः माओवादीमा फर्किन खोज्दै छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार