शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
समाचार भिडियो

सर्वोच्चको निर्देशनात्मक आदेश कार्यान्वयन गर्न बिगेसोको माग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १७ माघ, २०८१ मा प्रकाशित
सर्वोच्चको निर्देशनात्मक आदेश कार्यान्वयन गर्न बिगेसोको माग
काठमाडौं, माघ १७ :

ब्रिटिस गोर्खा भुतपूर्व सैनिक संगठन (बिगेसो)  सर्वोच्चको निर्देशनात्मक आदेश कार्यान्वयनको माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा धर्ना दिँदै आएका छन् । यही माघ १३ गतेदेखि सुरु गरिएको धर्ना कार्यक्रम २४ गतेसम्म जारी रहने बिगेसोका अध्यक्ष सुलोचना गुरुङ जनाएकी छन् । उनले सर्वोच्चको निर्देशनात्मक आदेश कार्यान्वयन गर्न सरकार गम्भीर हुन आग्रहसमेत गरिन् ।

सरकारले उक्त विषयलाई गम्भीरतापूर्वक नलिँदा गोर्खाका लागि न्याय, समनता र स्वाधीननताका निम्ति ठोस पहल हुन सकेको छैन । स्वाधीनता र न्यायका लागि शान्तिपूर्ण गोर्खा आन्दोलन सडक, सदन र न्यायलयमार्फत निरन्तर जारी राखेको अध्यक्ष गुरुङको भनाइ छ ।

गोर्खा सैनिक विश्वका जुनसुकै कुनामा गए पनि सन् १९४७ को सन्धिमार्फत गएको हुँदा गोर्खा समुदायले वंशजका आधारमा नागरिकताको निरन्तरता पाउनुपर्नेमा समेत जोडदिइएको छ । मुलुकको स्वाधीनता ख्याल गर्दै राष्ट्रियताका आधारमा गोर्खालाई विभेद गरिनु हुन्न भन्ने उनीहरुको माग छ ।

हेरौं थप तस्बिर :

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार