काठमाडौँ, माघ १८ :

आज देखि कीर्तिपुरमा त्रिकोणात्मक टी- २० शृङ्खला सुरु हुँदैछ। 

टी- २० शृङ्खलामा नेपाल, नेदरल्यान्डस र थाइल्यान्ड रहेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

पहिलो खेलमा आज नेपाल र नेदरल्याण्डले प्रतिस्पर्धा गर्दैछन्।

माघ २५ गतेसम्म सञ्चालन हुने शृङ्खलाका खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन्। 

नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित रुविना क्षेत्री, सीता राना मगर, पूजा महतो, विन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, एलिसाकुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र ईश्वरी विष्ट रहेका छन्।

क्यानले हिजो बुधबार टी- २० शृङ्खलाको ट्रफी काठमाडौँमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको थियो ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान बर्मा, नेदरल्यान्डसकी कप्तान बाबेट डे लिडे र थाइल्यान्डकी कप्तान नारुमोल चाइवाईले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरेका हुन् ।