काठमाडौं, माघ १८ :

मधेसकेन्द्रित दलको संयुक्त बैठक अहिले जारी रहेको छ ।  सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा जारी बैठकमा ८ वटा मधेस केन्द्रित दलका नेताहरु सहभागी छन् ।

८ दलको मोर्चा बनाउने तयारी स्वरुप यो बैठक बसेको हो । विभिन्न टुक्रामा विभाजन भएका मधेशकेन्द्रित दलहरुकोबीचमा तत्काल एकीकरण हुने अवस्था नरहे पनि एकता नै बल हो भन्ने बुझेर नै समूहमा जोडिन खोज्दैछन् । हिजोको दिनमा सडकदेखि संसदसम्म बलियो शक्ति बनेको मधेसवादी दलहरुलाई अहिले अस्तित्व जोगाउनै मुस्किल परेको छ ।

बैठकमा जसपा, जनमत, जसपा नेपाल, नागरिक उन्मुक्ति, लोसपा, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशील र तमलोपाका नेताहरु सहभागी छन् ।