बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
मनाेरञ्जन कला भिडियो

यस्तो बन्यो ‘लाज शरणम्’ को टिजर

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १८ माघ, २०८१ मा प्रकाशित
यस्तो बन्यो ‘लाज शरणम्’ को टिजर
काठमाडौं, माघ १८ :

नेपाली चलचित्र ‘लाज शरणम्’ को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले आज युट्युबमार्फत सार्वजनिक गरेको टिजरमा चलचित्रका अधिकांश मुख्य कलाकारलाई देख्न सकिन्छ ।

वैदेशिक रोजगारका लागि घर छोड्न लागेको छोरालाई कुनै समस्या नपरोस् भनेर बुबाले गरेको कामनासँगै टिजर सुरु हुन्छ । विदेश गएको छोरो कफिनमा फर्किएपछिको तनावसँगै टिजर अगाडि बढ्छ ।

तर, त्यसमै केही ट्विस्ट रहेको कलाकारको हाउभाउबाट देखिन्छ । तर, के प्रस्ट छैन । तर, विदेश गएको छोरो फर्किसकेको छ । त्यसपछि नदीमा डुबेको व्यक्तिको उद्धार र द्वन्द्व छ ।

गरिबी र बेरोजगारी नागरिकको दुःख यो चलचित्रले भन्ने टिजरले संकेत गरेको छ । क्यामेरा वर्क र सुन्दर लोकेसनले दर्शकको मन लोभ्याउँछ । लङ सटले टिजरको सौन्दर्य बढाएको छ ।

चलचित्र ‘लाज शरणम्’ हास्य टेलिशृंखला ‘सक्किगो नि’ को टिमले बनाएको हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगो नि’ टिमकै छ ।

चलचित्रमा सीताराम कट्टेल (धुर्मुस), मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, रेणु योगी, विजय लामा, माला लिम्बू, ‘सक्किगो नि’ टिमका कलाकार अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिश निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी) कमलमणि नेपाल (खुपीका बाउ) लगायत कलाकार छन् ।

चलचित्रको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका हुन् । ‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिका अवसरमा प्रदर्शन हुनेछ ।

जेपीटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, रामनरेश शाह र सिर्जना खड्का सह-निर्माताका रूपमा  छन् । सिनेमालाई सुदीप बरालले छायांकन गरेका हुन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार