बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

मधेसकेन्द्रित दलले मोर्चा बनाउने , ८ सदस्यीय कार्यदल गठन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १८ माघ, २०८१ मा प्रकाशित
मधेसकेन्द्रित दलले मोर्चा बनाउने , ८ सदस्यीय कार्यदल गठन
काठमाडौं, माघ १८ :

जुट्दै र फुट्दै आएका मधेसकेन्द्रित दलहरू अन्तत मोर्चा बनाउन सहमत भएका छन् । सिंहदरबारमा बिहीबार बसेको आठ मधेशकेन्द्रित दलको बैठकले संयुक्त कार्यदल बनाई मोर्चा बनाउने प्रक्रियालाई अगाडि बढाएको हो । 

कार्यगत र पार्टी एकतासम्मका लागि छलफल गर्न कार्यदल गठन गरेका हुन्। कार्यदलले विशेष गरी साझा एजेण्डा तय गर्न मस्यौदा बनाउने छ । कार्यदलले भोलिदेखि नै काम सुरू गर्ने बैठकपछि मनिषकुमार सुमनले जानकारी दिए।

कार्यदलमा जसपाबाट इस्तियाक राई, जनमतबाट शरदसिंह यादव, जसपा नेपालबाट मनिष सुमन, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, लोसपाबाट लक्ष्मण लालकर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट केशव झा, जनता प्रगतिशीलबाट शिवजि यादव र तमलोपाबाट ब्रजेस सिंह सदस्य रहेका छन् । ८ दलबाट १/१ जना रहेका हुन् ।

सरकारले ल्याएका विधेयकमा साझा धारणा बनाएर मोर्चा प्रस्तुत हुने छ ।  संसदमा रहेका दलले कस्तो रुपमा प्रस्तुत हुन्छन् त्यसलाई हेरेर अगाडि बढ्ने जनमतका प्रवक्ता शरदसिंह यादवले बताए । 

सामाजिक सञ्जाललाई नियमन भन्दा पनि नियन्त्रण विधेयक सरकारले ल्याएको ठहर गर्दै अभिव्यक्ति स्वतन्त्रतालाई कुनै पनि हालतमा कुण्ठित गर्न नहुनेमा मधेसकेन्द्रित दलको जोड छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार