काठमाडौँ, माघ १९ :

बिहीबारदेखि सुरु भएको त्रिदेशीय महिला टी- ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तर्गत आज नेदरल्यान्डस् र थाइल्यान्ड खेल्दै छन् ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार सम्पन्न उद्‌घाटन खेलमा नेदरल्यान्डस्सँले नेपाललाई २० रनले पराजित गरेको थियो । 

आईसीसीको वरीयतामा नेदरल्यान्डस् १६औँ र नेपाल २०औँ स्थानमा छ भने थाइल्याण्ड १३औँ स्थानमा छन् ।

अर्को खेलमा नेपालले भोलि (शनिबार) थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।