माघ १९ :

वीरगन्जको नारायणी अस्पतालमा पाँच सय शय्याको भवन निर्माणका लागि दबाब दिन चिकित्सकहरु धर्ना बसेका छन् ।

वीरगन्जको नारायणी अस्पताल भवन निर्माण संघर्ष समिति धर्नामा बसेको हो । निर्माणका लागि टेन्डर भए पनि लामो समयदेखि निर्माण कार्य सुरु नभएको हुनाले बाध्य भएर धर्ना कार्यक्रम गर्न लागिएको संघर्ष समितिका संयोजक डा. नीरजकुमार सिंहले बताए ।

उनका अनुसार विगत लामो समयदेखि प्रयासरत रहँदा पनि नारायणी अस्पतालको भवन निर्माण हुन सकेको छैन । तर नेपालका अन्य केन्द्रीय अस्पतालहरुमा पाँच सय शय्याको भवन निर्माण भई कार्य सञ्चालनसमेत भइसकेको बताए ।

नारायणी अस्पताल वीरगन्जको हाताभित्र पाँच सय शय्याको नयाँ भवन निर्माणका लागि दबाब दिन आज (शुक्रबार) शान्तिपूर्वक धर्नामा बसी विरोध गरेको  सिंहले बताए । -नान