बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति शिक्षा

‘राजनीति क्षेत्र देशको समग्र विकास गर्नसक्ने सशक्त माध्यम हो’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २० माघ, २०८१ मा प्रकाशित
‘राजनीति क्षेत्र देशको समग्र विकास गर्नसक्ने सशक्त माध्यम हो’
काठमाडाैं, माघ २० :

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीति क्षेत्र देशको समग्र विकास गर्ने सशक्त माध्यम भएको बताएका छन् । विश्व निकेतन माध्यामिक विद्यालयको ७९औं वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै उनले राजनीतिमा लाग्ने मान्छे समाजकै काम नलाग्ने मान्छे हो भन्ने किसिमले भाष्य सिर्जना गरिएको भन्दै त्यसलाई चिर्न सक्नुपर्ने बताए ।

उनले अरूको लहलहैमा लाग्नुभन्दा सही र गलत छुट्याएर चुन्नुपर्ने बताए । उनले सेवा गर्नका लागि सबैभन्दा राम्रो माध्यम पनि राजनीति भएको बताए । आफू सेवा दिनकै लागि राजनीतिमा आएको उल्लेख गरे । उनले विदेशमा ठुलाठुला काण्ड गरेर ठुलो नेता बन्छु भन्दै राजनीतिमा लाग्ने गरेको पनि बताए ।

‘राजनीति क्षेत्र देशको समग्र विकास गर्नसक्ने सशक्त माध्यम हो,’ उनले भने , ‘सेवाका लागि राम्रो माध्यम पनि राजनीति हो । सेवा दिनकै लागि म राजनीतिमा लागेको हो ।’ उपप्रधानमन्त्री सिंहले विद्यार्थीले मिहिनेतका साथ अध्ययन गर्नुपर्नेसमेत बताए ।

अनुशासन, शैक्षिक उत्कृष्टता, आधुनिक शिक्षण प्रविधि, तथा समावेशी शिक्षामा विश्व निकेतनको योगदान अतुलनीय छ । विद्यालयका विद्यार्थीहरू प्रतियोगितात्मक शिक्षामा अब्बल, जीवनोपयोगी सीपमा सशक्त, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाउन सफल छन् ।

विद्यालयले दशकौँदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै हजारौँ विद्यार्थीको उज्ज्वल भविष्य निर्माण गर्दै आएको छ। अनुशासन, शैक्षिक उत्कृष्टता, आधुनिक शिक्षण प्रविधि, तथा समावेशी शिक्षामा विश्व निकेतनको योगदान अतुलनीय छ । विद्यालयका विद्यार्थीहरू प्रतियोगितात्मक शिक्षामा अब्बल, जीवनोपयोगी सीपमा सशक्त, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाउन सफल रहेका छन् ।

कार्यक्रममा शिक्षक डिल्लीराम पौडेललगायत ६ जना शिक्षक/कर्मचारी एवं विद्यार्थीलाई सम्मान गरिएको थियो । साथै विद्यालयको मुखपत्र विश्व उद्यानसमेत लोकार्पण गरिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार